झुण्डिएर आत्महत्या गरेका पुरुषमा कोरोना पुष्टि



बर्दिया : बर्दियाको क्वारेन्टाइनमा झुण्डिएर आत्महत्या गरेका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । अछाम घर भएका ४३ वर्षीया पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

ती व्यक्तिले आइतबार राति तन्नाको पासो लगाई झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक केदार रजौरेले जानकारी दिए ।

९ साउनमा छिमेकी मुलुक भारतबाट आएर बर्दियाको भुरिगाउँस्थित आफन्त कहाँ पुगेका थिए । तर, आफन्तले क्वारेन्टाइनमा बस्नुपर्ने भनेपछि उनी त्यहाँबाट हिँडेका थिए ।

आफन्तको बाट निस्किएका उनी बाटोमा अचेत अवस्थामा फेला परेका थिए । त्यसपछि उनलाई ठाकुरबाबा नगरपालिकाले कवरेन्टाइनमा राखेको थियो ।

उनको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएकोमा सोमबार बेलुका पीसीआर रिपोर्ट पोजेटिभ आएको ठाकुरबाबा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरी रिजालले जानकारी दिए ।

पीसीआर रिपोर्ट नआउँदासम्म उनको शव झुन्डिएकै अवस्थामा थियो । रिपोर्ट आइसकेपछि उनको शव सेनाले व्यवस्थापन गरेको छ ।

प्रकाशित : साउन १३, २०७७

प्रतिक्रिया दिनुहोस्