कालिकोट पहिरो : एकको मृत्यु, पाँच वेपत्ता



काठमाडौं : अविरल वर्षासँगै गएको पहिरोमा परी कालिकोटमा एजनाको मृत्यु भएको छ भने पाँच जना वेपत्ता भएका छन् ।

सोमबार राति रास्कोट नगरपालिका–१ बहल्तोलामा पहिराले घर बगाउँदा एकै परिवारका चार जनासहित पाँच जना वेपत्ता भएका छन् ।

जयबहादुर शाहीको घर पहिरोले बगाउँदा उनको परिवारसहित पाहुना आएका आफन्तसमेत बेपत्ता भएका छन् ।

जयबहादुर शाहीको घरमा सुतिरहेको अवस्था पहिरोले घर बगाउँदा घरमूली ५० वर्षीय जयबहादुर शाही, उनकी १५ वर्षीया छोरी संगीता शाही, १२ वर्षीया कौसी शाही, आठ वर्षीय छोरा नवीन शाही र भदै नाता पर्ने डम्बरबहादुर शाहीकी १५ वर्षीया छोरी अस्मिता शाही बेपत्ता भएको प्रहरीले जनाएको छ ।

सोही वडाकै तुसारखोलामा आएको पहिरोले टेकबहादुर टमटाको घर बगाउँदा घरमा बस्न आएकी महावीर शाहीकी छोरी १४ वर्षकी बेलपुरा शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी प्रहरी निरीक्षक यक्षराज जोशीले बताए ।

सो घटनामा श्रीमती मयसरा टमटा र छोरी यशोदा टमटा घाइते भएको उनले जानकारी दिए ।

प्रकाशित : साउन १३, २०७७

प्रतिक्रिया दिनुहोस्