मंगलबार काठमाडौं उपत्यकामा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं : काठमाडौं उपत्यकामा मंगलबार थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५३ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् ।

काठमाडौंका ४८ जना र ललितपुरका ४ जना र भक्तपुरका १ गरी ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै मंगलबार थप ३ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार नयाँसहित कूल नेपालमा संक्रमितको संख्या १९ हजार ६३ पुगेको हो ।

प्रकाशित : साउन १३, २०७७

प्रतिक्रिया दिनुहोस्