पहिरोमा परि बेपत्ता भएका दम्पतीको शव भेटियो



धनगढीः दार्चुलामा आज (मंगलबार) विहान पहिरोले घर पुरिदा बेपत्ता भएका दम्पतीको शव भेटिएको छ ।

दुहु गाउँपालिका-३ सल्लेखेतीमा पहिरोले पुरिदा ५० वर्षीय रामदत्त जोशी र उनकी ४५ वर्षीया श्रीमती इन्द्रा जोशी बेपत्ता भएका थिए ।

दिनभर नेपाली सेना, गाउँले र प्रहरीले बेपत्ता दम्पतीको खोजी गरेका थिए । दुवैको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी सुरेन्द्रप्रसाद जोशीले जानकारी दिए ।

मंगलबार विहान ५ वजे घरमाथिबाट आएको पहिरोले घर पुरिदा ति दम्पती बेपत्ता भएका थिए भने पहिरोमा १ भैंसी र ४ बाख्रा पनि पुरिएका थिए ।

प्रतिक्रिया दिनुहोस्