‘सत्यमेव जयते २’ को छायांकन सेप्टेम्बरबाट



एजेन्सी : कोरोनाभाइरसका कारण रोकिएका बलिउडका फिल्मी कामहरु अहिले शुरु हुन थालेका छन् । कोरोनाभाइरसलाई ध्यानमा राख्दै फिल्म र टिशी शो का शूटिङहरु शुरु गर्न थालिएको छ ।

यस्तै अभिनेता जोन अब्राहमको फिल्म ‘सत्यमेव जयते २’ को छायांकन पनि शुरु गर्ने तयारी गरिएको छ । भारतिय मिडियाका अनुसार यस फिल्मको छायांकन सेप्टेम्बरबाट शुरु हुने बताइएको छ । छायांकन लखनउमा हुने बताइएको छ ।

जोन अब्राहमको मूख्य अभिनय रहने यस फिल्म यस बर्षकै अप्रिलमा रिलिज गर्ने भनिएको थियो । तर कोरोनाभाइरसका कारण छायांकन नै रोकियो । निर्देशक मिलाप जावेरीले फिल्मको स्क्रिप्टमा थप काम भइरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्