कालिकोटमा पहिरोले पुरिँदा ८ जनाको मृत्यु, एक जना वेपत्ता



काठमाडौं : कालीकोटमा पहिरोले पुरिएर ८ जनाको मृत्यु भएको छ भने एक जना वेपत्ता भएका छन् ।

कालीकोटको नरहनीनाथमा गाउँपालिका–७ मा मंगलबार राति आएको पहिरो पुरिँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको र एक जनाको उद्धार गरी उपचार गर्ने पक्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

पहिरोले ६५ वर्षीय गंगे बुढाको घर पुरिँदा उनीसहित ६१ वर्षीय श्रीमती नैना, २४ वर्षीय बुहारी कुशा, १८ वर्षीय छोरी विमला, १० वर्षीया नातिनी चन्द्रिका, ७ वर्षीय नाति राम बढा र एक वर्षका चरित्र बुढाको मृत्यु भएको हो । छोरी विमलाको उद्धार गरी उपचार गर्ने क्रममा मृत्य भएको डीएसपी श्याम ओलियाले जानकारी दिए ।

यस्तै सोही गाउँपालिकाको वडानम्बर ४ मा ६५ वर्षीय बाले बुढाको घर पहिरोले पुरिँदा उनकी ६५ वर्षीय श्रीमतीको मृत्यु भएको छ । बाले वेपत्ता रहेको र खोजी कार्य भइरहेको डीएसपी ओलियाले बताए ।

प्रकाशित : साउन १४, २०७७

प्रतिक्रिया दिनुहोस्