सर्पले टोकेर क्वारेन्टिनमा बसेका युवकको मृत्यु



धनगढीः कैलालीको क्वारेन्टिनमा बसेका एक युवकको सर्पले टोकेर मृत्यु भएको छ ।

जिल्लाको गौरीगंगा नगरपालिका वडा नं.४ को सिद्धार्थ विद्या निकेतनको क्वारेन्टिनमा गत असारमा सर्पले टोकेका २२ वर्षीय गणेश शाहीको उपचारको क्रममा मृत्यु भएको हो ।

भेरी अस्पताल नेपालगञ्जको भेन्टिलेटरमा राखेर उपचार गराउने क्रममा उनको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । उनलाई गत असार १२ गते राती सर्पले टोकेको थियो । उनको सेती प्रादेशिक अस्पतालमा उपचार सम्भव नभएपछि नेपालगञ्ज रेफर गरिएको थियो ।

सेतीमा भेन्टिलेटर खाली नभएकाले नेपालगञ्ज पठाएकोमा त्यहाँ पनि उनले दोस्रो दिन मात्र भेन्टिलेटर सेवा पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्