स्वयम्भूमा सार्वजनिक बस दुर्घटना हुँदा चालकको मृत्यु



काठमाडौँ : स्वयम्भूमा सार्वजनिक बस दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।

बिहीबार राति करिब १२ बजे बस अनियन्त्रि भइ दुर्घटना हुँदा बस चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी वृत्त, स्वयम्भूका प्रमुख डीएसपी निरञ्जनदत्त भट्टका अनुसार मृतक चालकको पहिचान भने खुलेको छैन ।

कलंकीबाट नयाँबसपार्क जाँदै गरेको बा ५९८४ नम्बरको बस हलचोक र ठुलोभ‍-याङ बीचमा बिहीबार राति दुर्घटना भएको हो ।

मृतकको शव पोष्टमार्टमका लागि महाराजगन्जस्थित टिचिङ अस्पताल पठाइएको डीएसपी भट्टले बताए ।

प्रकाशित : साउन १६, २०७७

प्रतिक्रिया दिनुहोस्