राम मन्दिर शिलान्यासका दिन जनकपुरधाममा दीपावली मनाउन महन्थ दासको आग्रह


जनकपुरधाम : जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले भारतको उत्तर प्रदेशस्थित अयोध्यामा निर्माण हुन लागेको राम मन्दिर शिलान्यासका दिन जनकपुरधाममा दीपावली मनाउन आग्रह गरेका छन् ।

अयोध्यामा निर्माण हुन लागेको राम मन्दिर विश्वका सम्पूर्ण हिन्दु धर्मावलम्बीका लागि गौरवको बिषय रहेको भन्दै महन्थ दासले खुशी व्यक्त गरेका छन् ।

उनले यस खुशीयालीको अवसरमा सम्पूर्ण जनकपुरधामवासी लगायत समस्त मिथिलावासीलाई शिलान्यास हुने दिन ५ अगस्त अर्थात साउन २१ गते दीपावली मनाउन आग्रह गरेका छन् । जानकी मन्दिरमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै महन्थ दासले त्यसदिन घर घरमा रामस्तुती र भजन कीर्तन गर्न समस्त मिथिलावासीलाई आह्वान गरेका छन् ।

कोरोनाभाइरसका कारण भूमिपूजनको अवसरमा जानकी मन्दिरको प्रतिनिधित्व हुन नसक्दा दुःख लागेको बताउँदै महन्थ दासले कोरोना महामारीको कारण आफूहरु भूमिपूजनमा सहभागी नभएपनि अवस्था सहज भएपछि जनकपुरधामदेखि अयोध्यासम्म मिथिला–अवध यात्रा गर्ने योजना बनाएको बताए ।

उनले भने, ‘अयोध्यामा रामजन्मभूमिमा भूमिपूजनको तयारी चलिरहेको क्रममा आकस्मिक जाँच गर्दा रामललाका एक सहायक पुजारी र परिसरमा रहेका सुरक्षाकर्मीमा कोरोना पोजेटिभ पाइएको छ । तसर्थ अवस्था पक्कैपनि जटिल नै होला, त्यसैले अवस्था सहज भएपछि नागरिक समाजका तर्फबाट कांग्रेस उपसभापति विमलेन्द्र निधि सहित जानकी मन्दिरको प्रतिनिधित्व गर्दै हामीहरु त्यहाँ अवश्य पनि जानेछौं ।’ जनकपुर र अयोध्याको धार्मिक सांस्कृतिक सम्बन्ध रहेको बताउँदै महन्थ दासले यस गौरवपूर्ण सम्बन्धलाई कुनै व्यक्ति विशेषले चाहेर पनि समाप्त गर्न नसक्ने जिकिर गरे ।

पत्रकार सम्मेलनमा जानकी मन्दिरका सहायक महन्थ रामरोशन दासले लकडाउन खुकुलो भएपछि मिथिलावासीको तर्फबाट हजारौंको संख्यामा मिथिला–अवध यात्रा निकालिने र त्यसबेला यहाँबाट राम मन्दिर निर्माणमा ईंटा थप्न आफुहरु सहभागी हुने बताए । शिलान्यासका दिन साँझमा समस्त मिथिलावासीलाई आफ्नो घरमा दीपावली मनाउन आग्रह गर्दै दासले राम र सीताको भजन कीर्तन समेत गर्न सबैसँग आग्रह गरे ।

उनले काशिको सरयुग घाटमा उत्तर प्रदेश सरकारले निर्माण गर्न लागेको भगवान रामको ऐतिहासिक प्रतिमाको सँगै माता सीताको पनि प्रतिमा राख्न पनि उत्तर प्रदेश सरकारलाई सुझाव दिएका छन । सीता बिना रामको परिकल्पा गर्न सकिंदैन,उनले भने,‘सीता र राम एक साथ हुनुपर्दछ ।’

प्रकाशित : साउन १६, २०७७

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

जनकपुरधामः सप्तरीको सदरमुकाम राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको आईसोलेसनमा रहेका कोरोना संक्रमितहरुको खानामा किरा भेटिएपछि तनाव

काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर ३ सय ६० मा कोरोना संक्रमण

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका थप २२ जना कर्मचारीमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको

विराटनगर : विराटनगरमा बिहीबार बिहान थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर

काठमाडौँ : माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा अर्काे सातामात्रै सार्वजनिक हुने भएको छ ।

काठमाडौं : बिहीबार सुनको मूल्यमा ऐतिहासिक रेकर्ड कायम भएको छ । बुधबारको तुलनामा आज प्रतितोला

चितवन : मेडिकल सिटीका रुपमा परिचित चितवनमा निजी खर्चमा पीसीआर परीक्षणको व्यवस्था हुन सकेको छैन

काठमाडौं : कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमणका सङ्ख्या फेरि बढ्न थालेपछि सरकारले पुनः कडिकडाउ गर्ने निर्णय गरेको

काठमाडौं : गोरखाका ६ सहित गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको

काठमाडौं : काठमाडौं उत्पयकामा एकै दिन एक सय २ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको

काठमाडौंः नेपालमा एकै दिन ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्ज र विराटनगरमा

काठमाडौं : काठमाडौं उपत्यकामा बुधबार थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य