भारतको वायुसेनामा राफल थपिएपछि पाकिस्तान स्तब्ध, दियो यस्तो प्रतिक्रिया



इस्लामाबाद– भारतले फ्रान्सबाट रफल लड़ाकू विमानहरू खरिद गरेसँगै पाकिस्तानले आफूलाई त्यसको विषयमा जानकारी भएको प्रतिक्रिया दिएको छ । त्यो रफललाई परिमार्जन गरि आणविक हतियारको रुपमा पनि प्रयोग गर्न सकिन्छ ।

भारतले फ्रान्सको कम्पनी द साल्ट एभिएसनसँग ३६ रफल विमानको सम्झौता गरेको करिब चार वर्ष पछि बुधवार भारतलाई ५ रफल विमानको पहिलो खेप बुझाएको हो । भारतीय वायुसेनाले करीव २३ बर्ष अघि १९९७ मा रसियाबाट खरिद गरिएको सुखोई–३० केएस प्राप्त भएको छ ।

रक्षामन्त्री राजनाथ सिंहले बुधबार रफल विमानहरूका साथ भारतीय वायुसेना भारतले सामना गरिरहेका सुरक्षा चुनौतीका साथै देशको सार्वभौमिकतालाई हानी पु¥याउनेहरुको सामना गर्न बलियो हुने बताए । यस नयाँ शक्तिको साथ प्रतिद्वन्द्वीमा डर थपिएको उनको भनाई थियो ।

पाकिस्तानको विदेश विभागका प्रवक्ता आयशा फारुकीले आफ्नो साप्ताहिक प्रेस सम्मेलनमा आफूहरूले भारतीय वायुसेनामा राफेल विमान थपिएको समाचारहरू देखेको बताएका थिए ।

उनले भने– ‘यो समस्याको विषय हो कि भारतले आफ्नो सुरक्षा आवश्यकता भन्दा बढी सैन्य क्षमता जम्मा गरिरहेको छ।’

‘अत्याधुनिक प्रणालीको स्थानान्तरणले यसलाई आणविक हतियार बोक्ने सक्षम बनाउने स्पष्ट देखिएको छ । यसले आणविक हतियार जम्मा नगर्ने अन्तर्राष्ट्रिय आपूर्तिकर्तालाई गरेको वाचामाथि प्रश्न खडा गर्दछ’– उनले भने ।

प्रवक्ताले भने– ‘दक्षिण एसियामा हतियारको प्रतिस्पर्धाको बिरूद्ध आफ्नो अडान भए पनि पाकिस्तान यी घटनाक्रमबाट बेवास्ता गर्न सक्दैन, र गलत अभिप्रायले कुनै पनि किसिमको आक्रमणलाई विफल पार्न सक्ने आफ्नो क्षमतामा विश्वस्त छ।’

प्रतिक्रिया दिनुहोस्