ब्राजिलमा एकै दिन ५२ हजार बढीमा कोरोना संक्रमण



एजेन्सी : ७ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणले ब्राजिलमा एकै दिन ५२ हजारभन्दा बढी संक्रमित भएका छन्।

योसँगै ब्राजिलमा संक्रमितको संख्या २६ लाख ६६ हजार २९८ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार १९१ जनाको मृत्यु भएको छ ।

योसँगै ब्राजिलमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ९२ हजार नाघेको छ । शनिबार यो समाचार तयार पार्दासम्म ९२ हजार ५६८ जनाको मृत्यु भएको छ ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा १८ लाख ८४ हजार ५१ जना संक्रमणमुक्त भएका छन् भने ६ लाख ८९ हजार ६७९ जनाको उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्