डडेल्धुरा अस्पतालका २ जना स्वास्थ्यकर्मी सेती नदिमा बेपत्ता



डडेलधुराः डडेल्धुरामा कार्यरत २ जना स्वास्थ्यकर्मी शनिबार सेती नदिमा नुहाउने क्रममा बेपत्ता भएका छन् ।

डोटी जिल्लाको शिखर नगरपालिका १० गगनानस्थित सेती निदीमा नुहाउने क्रमममा नदिले बगाएर बेपत्ता भएका हुन् ।

डडेल्धुरा अस्पतालका चारै जना स्वास्थ्यकर्मीहरु शनिबार शैलेश्वरी दर्शन गर्न गएको र फर्किने समयमा नुहाउदा नदिले बगाएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डोटीका एसपी जनकराज पाण्डेयले बताए । उनले भने डडेल्धुराको परशुराम घर भएका हरी जोशी बझाङ स्थायी घर भएका बिनय सिह बेपता भएका छन् र एक जनाको उद्धार गरिएको छ ।

नुहाउने क्रममा हरी जोशी, विनय सिंह र खगेन्द्र कुँवर बगेको र उनीसंगै भएको प्रेम बहादुर ठगुन्नाले खगेन्द्र कुँवरको उद्धार गरेको र अन्य २ जना बेपत्ता रहेको प्रहरी टोलीले खोजि गरिरहेको समेत एसपी पाण्डेयले बताएका छन् ।

चारै जना डडेल्धुरा अस्पतालका कर्मचारी रहेको र डडेल्धुरा अस्पतालको एम्बुलेन्स घटनास्थल तर्फ गएको डडेल्धुरा अस्पतालको निमित्त मेसु जगदिश चन्द्र बिष्टले बताए ।

प्रतिक्रिया दिनुहोस्