विर्तामोड नगरपालिका ‘लकडाउन’



झापा : झापाको विर्तामोड नगरपालिका अनिश्चितकालिन लकडाउन लागू गरिएको छ । आइतबार राति १२ बजेदेखि लागू हुने गरी विर्तामोडमा अनिश्चितकालिन लकडाउन गरिएको विर्तामोड नग।पालिकाले जनाएको छ ।

बिर्तामोड नगरपालिकाले नगरपालिका क्षेत्रभित्र अनिश्चितकालिन लकडाउन गर्ने निर्णय गरेको थियो । कोरोनाको संक्रमण समुदायमा पुगेकाले थप संक्रमण फैलिन नदिन लकडाउन लगाइएको नगरपालिकाले जनाएको छ ।

लकडाउनमा खाद्यान्न तथा तरकारी पसल विहान ८ बजेदेखि ११ बजेसम्म खुल्ने छन् भने औषधि पसल बाहेक अन्य पसलहरू पूर्णरुपमा बन्द रहने छन् ।

यसैगरी निजी तथा सार्वजनिक सवारी साधन चल्न पाउने छैनन् । त्यस्तै बैंक तथा वित्तीय संस्थाले कारोबार गर्न नपाउने भएका छन् । झापाकै छिमेकी अर्जुनधारा नगरपालिकाले हिजो बिहानैदेखि पाँच दिनका लागि लकडाउन लागू गरिसकेको छ ।

प्रकाशित : साउन १९, २०७७

प्रतिक्रिया दिनुहोस्