सञ्चारमाध्यमले बेवास्ता गरेको राष्ट्रियसभा सदस्यको गुनासो



काठमाडाैं : राष्ट्रियसभाको मंगलबारको बैठकमा राष्ट्रियसभाका सांसदको भूमिकाबारे ध्यानाकर्षण गराइएको छ। विशेष समयमा सांसद प्रकाश पन्तले राष्ट्रियसभाको भूमिका बुझ्न सबैसँग आग्रह गरे। 

उनले राष्ट्रियसभालाई दलीय दृष्टिकोणबाट मात्र नहेरी यसको काम र प्रकृतिमा ख्याल गर्नुपर्ने बताए। उनले अहिले सांसदले पाएको अवसरमा विज्ञता प्रस्तुत गर्न नसकिएको बताए । 

उनले राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक एकै दिन हँुदा सञ्चारमाध्यमले राष्ट्रियसभालाई न्यून प्राथमिकता दिएको गरेको भन्दै सञ्चारमाध्यमको ध्यानाकर्षणसमेत गराए।

राष्ट्रियसभाको काम सरकार बनाउने नभएको र सरकारी काम कारवाहीमा सांसद नअल्झी सर्वसाधारणका मुद्दामा फरकफरक कोणबाट छलफल गर्नुपर्ने बताए। 

प्रतिक्रिया दिनुहोस्