नेपाल र श्रीलंकामा चीनले हस्तक्षेप बढायो : अमेरिका



एजेन्सी : अमेरिकी राष्ट्रिय सुरक्षा परिषदका दक्षिण र मध्य एशियाका वरिष्ठ निर्देशक लिसा कर्टिसले चीनले नेपाल र श्रीलंकाको आन्तरिक मामिलामा हस्तक्षेप बढाएको दाबी गरेकी छन् ।

कर्टिसले एक कार्यक्रममा बोल्दै छिमेकी देशहरूमा चीनको बढ्दो हस्तक्षेप र रणनीतिबारे विश्लेषण भइरहेको पनि बताइन् । पछिल्लो केही महिनादेखि चीनले छिमेकी मुलकमा हदैसम्मको हस्तक्षेप गरिरहेको उनको दाबी छ ।

उनले भनिन्–‘चीनले आफ्ना छिमेकीहरूको सार्वभौमिकतामाथी हमला बोलेको उदाहरणहरू देख्छौं। मे महिनातिर चिनियाँ सरकारी मिडियाले नेपालको सार्वभौमिकताको प्रतीक माउन्ट एभरेष्ट चीनको हो भनेर आलेख छापेको थियो । त्यस्तै, उसले पूर्वी भूटानको पनि केही क्षेत्रमाथि दाबी गरेको थियो ।’

नेपालसँगै श्रीलंकामा पनि चीनले ब्यापारको बहाना आन्तरिक राजनीतिमा हस्तक्षेप गरिरहेको समेत खुलासा गरिन् । उनले नेपाललगाएतका चीनका छिमेकी मुलूकलाई सचेत रहन आग्रह समेत गरेकी छन् ।

प्रकाशित : साउन १९, २०७७

प्रतिक्रिया दिनुहोस्