बाँके निकुञ्जका प्रमुख र सहायक संरक्षण अधिकृत अख्तियारको नियन्त्रणमा



काठमाडौंः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँके राष्ट्रिय निकुञ्ज बाँकेका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई र सहायक संरक्षण अधिकृत बिष्णु रोकायलाई स्रोत नखुलेको रकमको साथ नियन्त्रणमा लिएको छ ।

स्रोत नखुलेको रकम लिएर हिडेको सूचनाका आधारमा भट्टराई र रोकायलाई ३ लाख ४८ हजार नगद तथा विभिन्न मितिको बैंक भौचर ५ लाख ५० हजारसहित सैनामैना नगरपालिका वडा नं. १० रुपन्देहीबाट अख्तियारले नियन्त्रणमा लिएको हो । अख्तियारले दुवै जनालाई हिरासतमा लिएर अनुसन्धान थालेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्