ब्राजिलमा कोरोना : संक्रमितको संख्या साढे २७ लाख, मृतक ९४ हजार बढी



एजेन्सी : ७ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट ब्राजिलमा साढे २७ लाखभन्दा बढी संक्रमित भएका छन् ।

मंगलबार यो समाचार तयार पार्दासम्म एकै दिन १७ हजार ९८८ जनामा संक्रमण पुष्टि भएसँगै ब्राजिलमा संक्रमित संख्या २७ लाख ५१ हजार ६५५ पुगेको छ ।

यस्तै ब्राजिलमा पछिल्लो २४ घण्टामा थप ५७२ जनाको मृत्यु भएको छ । योसँगै ब्राजिलमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ९४ हजार ७०२ पुगेको छ ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा १९ लाख १२ हजार ३१९ जना संक्रमणमुक्त भएका छन् भने ७ लाख ४४ हजार ६४४ जनाको उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्