ओली र प्रचण्डबीच बालुवाटारमा वार्ता शुरु, खनाल र नेम्वाङ पनि सहभागी



काठमाडौं– नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)भित्र उत्पन्न संकट समाधान गर्न केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच वार्ता शुरु भएको छ ।

दुई अध्यक्षबीच केही समय अघि वार्ता शुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका हुन् ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा शुरु भएको वार्तामा दुवै नेता बाहेक झलनाथ खनाल र सुवास नेम्वाङ सहभागी भएका छन् । खनाल प्रचण्ड र नेम्वाङ ओलीका तर्फबाट वार्तामा सहभागी भएका हुन् ।

केही दिन स्थगित भइ आइतबारबाट दुई अध्यक्षबीच भेटघाट शुरु भएको थियो । तर ओली र प्रचण्ड आ–आफ्नै अडानमा कायम रहेकाले दुईबीच सहमति हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्