पर्सामा सोमबार मृत्यु भएकी १८ वर्षीया युवतीमा कोरोना पुष्टि



पर्सा : पर्सामा कोरोनाभाइरस (कोभिड–१९)का कारण थप एक जनाको मृत्यु भएको छ । गत सोमबार मृत्यु भएकी १८ वर्षीया युवतीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

पर्साको पोखरिया नगरपालिका–९ बस्दै आएकी युवतीको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

पखाला लागेर अवस्था जटिल बन्दै गएपछि उपचारका लागि सोमबार नेशनल मेडिकल कलेज लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको थियो । मेडिकल कलेजमा स्वाब संकलन गरेर नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा मंगलबार राति उनको रिपोर्ट पोजेटिभ आएको छ ।

ती युवतीको घर पोखरिया–८ जगतपुर हो । तर उनी पोखरिया–९ स्थित मामा घरमा बस्दै आएकी थिइन् ।

कोरोना संक्रमणबाट पर्सामा १३ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित : साउन २१, २०७७

प्रतिक्रिया दिनुहोस्