सवारी लाइसेन्स लिँदा प्रशिक्षण केन्द्रको प्रमाणपत्र नचाहिने (सूचनासहित)



काठमाडौं : सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को आवेदन दिँदा सवारी प्रशिक्षण केन्द्रबाट लिएको प्रमाणपत्र बुझाउनु पर्ने व्यवस्था परिमार्जन गरेको छ । 

सवारी तथा यातायात व्यवस्थापन ऐन, २०४९ को दफा ४८ को उपदफा २ मा रहेको सवारी सम्बन्धमा प्रशिक्षण केन्द्रले दिएको प्रमाणपत्रको प्रतिलिपि बुझाउनुपर्ने व्यवस्थालाई यातायात व्यवस्था विभागले संशोधन गरेको हो । नेपाल ऐनलाई संशोधन गर्न बनेको ऐन, २०७५ को दफा १२ ले यो व्यवस्था गरेको हो ।

योसँगै अब सवारी चालक अनुमतिपत्रका लागि आवेदन दिँदा दरखास्तको साथ बुझाउनुपर्ने कागजजातमा सवारी चालक प्रशिक्षण केन्द्रको प्रमाणपत्र प्रतिलिपि बुझाउनु नपर्ने भएको छ ।

हेर्नुहोस् सूचना

प्रतिक्रिया दिनुहोस्