विप्लवविरुद्ध सेना परिचालन भएको छैन (विज्ञप्तिसहित)



काठमाडौं : विभिन्न जिल्लामा विप्लव माओवादीविरुद्ध सेना परिचालन भएको समाचार आउन थालेपछि नेपाली सेनाले यसबारे विज्ञप्ति नै निकालेको छ । नेपाली सेनाले विहीबार एक विज्ञप्ति जारी गर्दै केही दिनदेखि आइरहेका टीकाटिप्पणीहरुप्रति आफ्नो ध्यानाकर्षण भएको बताएको छ ।

नेपाली सेनाले विज्ञप्तिमा भनेको छ, ‘नेपाली सेना नेपालको संविधान, सैनिक ऐन र नेपाल सरकारको नीति तथा निर्देशन अनुसार सञ्चालन हुने संस्था भएकोले नेपाली सेना आफ्नो जिम्मेवारी प्रति सजग छ । सोही आधारभूत मान्यतामा नेपाली सेना सदैव अडिग रहेको समेत स्मरण गराउँदछौँ ।’

नेपाली सेना अहिले पूर्वनिर्धारित तालिम, सैन्य अभ्यास र स्वास्थ्य शिविरमा केन्द्रित रहेको विज्ञप्तिमा स्पष्ट पारिएको छ । सेनाको विज्ञप्तिमा भनिएको छ, ‘वर्तमान अवस्थामा नेपाली सेना आफ्नो पूर्वनिर्धारित तालिम, सैनिक अभ्यास तथा स्वास्थ्य शिविरलगायतका नियमित कार्यहरुमा केन्द्रित भएको हुँदा यस्ता समाचारहरुबाट भ्रममा नपर्न नेपाली सेना आग्रह गर्दछ ।’

हेर्नुस् विज्ञप्ति :

प्रतिक्रिया दिनुहोस्