बैंकहरूमा चालू खाता खोल्न प्रतिबन्ध, किन आरबीआईले उठायो कडा कदम ?



मुम्बाई– रिजर्व बैंक अफ इन्डियाले बिहीवार अर्थात अगस्त ६ मा सबै बैंकको ग्रहाकहरूको चालू खाता खोल्न रोक लागाएको छ जसले ओवरड्राफ्टको सुविधा प्रयोग गरिरहेका थिए । आरविआईले अनुसाशनको लागि यो आवश्यक रहेको बताएको छ । एक अधिसूचनामा, केन्द्रीय बैंक आरबीआईले सबै लेनदेनहरू एक नयाँ चालू खाता खोल्नुको सट्टा नगद कर्जा वा ओभरड्राफ्ट (ओडी) खाताबाट हुनुपर्ने बताएको छ ।

यद्यपि यस कदमको पछाडिको कारण के हो भनेर आरबीआईले खुलाएको छैन । चार हजार करोडभन्दा बढीको पीएमसी सहकारी बैंक घोटालामा धेरै खाता खोलिएका थिए। अधिकारीहरूका अनुसार त्यो प्रणालीमा केही समस्या थियो र अब त्यसलाई नियन्त्रण गरिनेछ । यसले अन्ततः निक्षेपकर्ताहरूको पैसा बचत गर्नेछ उनीहरूको दाबी छ ।

रिजर्व बैंकका गभर्नर शक्तिकान्त दासले बिहीबार ऋण अनुशासनका लागि उचित कदम चाल्नु आवश्यक भएको बताएका थिए । उनले ऋण लिनेहरूले धेरै खाता प्रयोग गर्ने बारेमा चिन्ता व्यक्त गरिएको छ। यस तथ्यलाई ध्यानमा राख्दै, धेरै बैंकहरूबाट यिबलण सुविधा लिने ऋणदाताहरूले यस्तो खाता खोल्न सावधानी अपनाउनु आवश्यक छ।

आरबीआईका अनुसार बैंकहरूलाई चालू खाता खोल्न अनुशासित हुनु आवश्यक छ। कुनै बैंकले ग्राहकबाट चालू खाताहरू खोल्दैन जसले बैंकबाट नगद सीसी र ओभरड्राफ्टको रूपमा ऋण लिइसकेका छन्। यी ग्राहकहरुको सबै लेनदेन सीसी र ओडी खाता मार्फत गर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्