सातै प्रदेशमा रोजगार संयोजकलाई अभिमुखीकरण तालीम



काठमाडौं : सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनका क्रममा कुनै दुविधा नआओस् भनेर सातै प्रदेशमा अभिमुखीकरण तालीम दिने भएको छ । यही चैत १५ देखि १९ गतेसम्म प्रादेशिक राजधानीमा अभिमुखीकरण कार्यक्रम सञ्चालन हुने भएको हो । 

१५ र १६ गते प्रदेश नं १ को विराटनगर, प्रदेश नं ३ को हेटौँडा, गण्डकी प्रदेशको पोखरा र कर्णाली प्रदेशको सुर्खेतमा तालीम संचालन हुनेछ । 

यस्तै चैत १८ र १९ गते प्रदेश नं २ को जनकपुर र सुदूरपश्चिम प्रदेशको धनगढीमा कार्यक्रम सञ्चालन गरिने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । 

सरकारले स्थानीय, प्रदेश र सङ्घीय सरकारको समन्वयमा बेरोजगार युवालाई आन्तरिक श्रम बजारमै रोजगारीको अवसर उपलब्ध गराउने उद्देश्यले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनमा ल्याएको छ । 

सरकारले यही चैत १ गतेदेखि सबै स्थानीय तहमा बेरोजगार व्यक्तिको सूचीकरण गर्न शुरु गरेको छ । 

बेरोजगार युवाले चैत मसान्तभित्र आफ्नो स्थायी बसोबास रहेको स्थानीय तहमा बेरोजगार सूचीकरण गर्नुपर्नेछ । 

 

प्रतिक्रिया दिनुहोस्