२०२१ को टी-२० क्रिकेट विश्वकप भारतमा हुने



काठमाडौंः कोरोना महामारीका कारण एक वर्षपछि सरेको टी-२० क्रिकेट विश्वकप २०२१ भारतमा हुने भएको छ ।

आइसीसीको शुक्रबार बसेको बैठकले २०२१ को टी-२० विश्वकप भारतमा आयोजना गर्ने निर्णय गरेको हो । यसअघि आइसीसीले यसै वर्ष अक्टोबरमा अस्ट्रेलियामा हुने टी-२० विश्वकप क्रिकेट कोरोना महामारीका कारण एक वर्षपछि सारेको थियो ।

आइसीसीले २०२१ मा टी-२० विश्वकप अक्टोबरदेखि नोभेम्बरसम्म हुने बताएको छ । यो विश्वकपको फाइनल खेल नोभेम्बर १४, २०२१ मा हुनेसमेत यस अघि नै घोषणा गरेको छ ।
त्यस्तै २०२२ मा हुने भनिएको टी-२० विश्वकप २०२२ को अक्टोबर देखि नोभेम्बरसम्म हुने भएको छ भने फाइनल खेल १३ नोभेम्बर २०२२ मा हुने आइसीसीले जनाएको छ ।

यो विश्वकप भने अस्ट्रेलियामा हुने भएको जनाएको छ । त्यसै गरि २०२३ मा भारतमा हुने ५० ओभरको विश्वकप अक्टोबर देखि नोभेम्बर, २०२३ मा हुने छ भने फाइनल खेल २६ नोभेम्बर २०२३ मा हुने आइसीसीले निर्णय गरेको छ ।

त्यस्तै २०२१ को फेब्रुअरीमा न्युजील्याण्डमा हुने भनिएको महिला एक दिवसीय क्रिकेट विश्वकप २०२२ सम्मका लागि स्थगित गरिएको छ ।

प्रकाशितः साउन २३, २०७७

प्रतिक्रिया दिनुहोस्