नारायणी अस्पताललाई कोभिड मुक्त्त बनाउँन माग गर्दै जसपाका नेता समानी आन्दोलित



पर्साः वीरगन्जको नारायणी अस्पतालको जेनरल सेवा संचालन गर्नुपर्ने माग गर्दै जनता समाजवादी पार्टीका नेता निजामुदीन समानीले आन्दोलनको घोषणा गरेका छन् ।

महामारीमा यहाँका निजी अस्पतालले सेवा नदिदा सर्वसाधारणले अकालमै ज्यान गुमाउँनु परेको भन्दै सरकारी अस्पतालको सम्पूर्ण सेवा सन्चालन गर्नुपर्ने माग गरेका हुन् । यथाशिघ्र संघ सरकारले अस्पतालको सम्पूर्ण सेवा सन्चालन नगरे ३ दिने अल्टीमेटनसहित आन्दोलनमा उत्रिने घोषणा उनले गरेका हुन् ।

सोमबारसम्म काम प्रति कुनै सुनवाई नभए मंगलबार देखि प्रत्येक दिन विहान ११ बजेदेखि १२ बजेसम्म १ घण्टा घर अगाडी नै धर्ना दिई अन्धो र बहिरो संघ सरकारको ध्यानकार्षण गराउँने उनले बताएका छन् । संक्रमणको महामारीको अवस्थामा थप चिकित्सक, नर्स लगायत जनसक्ती उपलब्ध गराउँनुको साटो नारायणी अस्पतालाई कोभिड बनाई जनताको जीउज्यानसँग खेलावाड गर्न खोजिएको भन्दै संघ सरकार विरुद्ध आन्दोलनमा उत्रिएको नेता समानीले बताए ।

अस्पताल व्यवस्थापनको अभावमा सर्वसाधारण विरामीहरु उपचारको अभावमा ज्यान गुमाईरहेका छन् । उनले भने,‘नारायणी अस्पतालका डाईलायसिस सेवा लगायत सम्पूर्ण सेवाहरु संचालनको विकल्प नभएको भन्दै नारायणी अस्पतालका सम्पूर्ण सेवा संचालन गरी जनताको जीवज्यानको रक्षा गर्नुपर्छ ।’

यसअघि पनि पहिलो चरणमा संघ सरकारले सर्वसाधारणको सेवाबाट बन्चित गराउँदै नारायणी अस्पतालको सम्पूर्ण सेवा बन्द गरी कोभिड अस्पताल घोषणा गरेपछि नेता समानी निरन्तर धर्नामा बसेका थिए । कोभिड अस्पतालको नेता समानीसहित विभिन्न संघ संगठनको चर्को विरोध भएपछि सरकारले पुन नारायणी अस्पतालको जेनरल सेवा संचालनमा ल्याएको थियो ।

प्रकाशितः साउन २४, २०७७

प्रतिक्रिया दिनुहोस्