घुस रकमसहित वैदेशिक रोजगार विभागका नायव सुब्बा पक्राउ



काठमाडौं : वैदेशिक रोजगार विभाग काठमाडौंका नायव सुब्बा घुस रकमसहित पक्राउ परेका छन् । विभागका नासु रामकुमार फुयाँललाई वैदेशिक रोजगार लेनदेनको कागजमा साक्षी बसेका सेवाग्राहीसँग लिएको घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।

नासु फुयाँलले साक्षी बसेका व्यक्तिलाई निजविरूद्ध उजुरी परेको र पक्राउ पुर्जी जारी गरिदिने भन्दै पटक पटक कार्यालयमा बोलाएर धम्क्याएको उजुरी परेको थियो । सोही उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालयबाट खटिएको टोलीले उनलाई सेवाग्राहीसँग लिएको ६० हजार रकमसहित पक्राउ गरेको हो ।

नासु सुब्बाले सो रकम जोरपाटी चोकमा फलफूल पसल गर्ने ध्रुव खड्कालाई राख्न दिएका थिए । केही समयपछि खड्कासँग उक्त घुस बापतको रकम लिँदै गर्दा नासु फुयाँल र फलफुल व्यवसायी खड्कालाई नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्