काठमाडौं उपत्यकामा ९२ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं : काठमाडौं उपत्यकामा आइतबार ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले काठमाडौं जिल्लामा ९० र ललितपुरमा २ जनामा कोरोना भएको पुष्टि गरेका हुन् ।

आइतबार देशभरमा ३ सय ८० जना संक्रमित भेटिएका छन् । काठमाडौं उपत्यकाका संक्रमित कुन ठाउँका हुन् भन्ने स्वास्थ्य मन्त्रालयले खुलाएको छैन ।

प्रकाशित : साउन २५, २०७७

प्रतिक्रिया दिनुहोस्