भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५ हजार नाघ्यो



एजेन्सी : भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ४५ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा ८८७ जनाको मृत्यु भएपछि भारतमा मंगलबार बिहान यो समाचार तयार पार्दासम्म ज्यान गुमाउनेको संख्या ४५ हजार ३५३ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ५३ हजार १६ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या २२ लाख ६७ हजार १५३ पुगेको छ । संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो ।

संक्रमितमध्ये अहिलेसम्म १५ लाख ८१ हजार ६४० जना संक्रमणमुक्त भएका छन् भने ६ लाख ४० हजार १६० जनाको उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्