डोटी दुर्घटना अपडेट : मृत्यु हुने तीनै जनाको पहिचान खुल्यो



डोटी : डोटीको पूर्वी चौकी गाँउपालिका वडा नं १ तल्लो फुलोटमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

धनगढीबाट अछामका लागी छुटेको ना ६ ख २५२९ नम्बर को गाडी बुधबार बिहान ५ बजे तिर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो भने ३२ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।

मृत्यु हुनेहरुमा बान्निगडि वडा नम्बर ३ का ५९ वर्षका पदम साउद, चौरपाटी गाउपालिका सात मार्कुका ३१ टिकाराम बिक, र कैलाली बस्ने आछामकी ५५ वर्षकी लक्षिमा बिक रहेका छन ।

घाइते मध्येका ८ जनाको अबस्था गम्भीर रहेको बताइएको छ । घाइते सबैलाई जिल्ला अस्पताल डोटीमा पुर्याएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी इन्द्र मल्लले बताए ।

प्रहरीका अनुसार बस सडकबाट सय मिटर तल खसेको बताइएको छ । उक्त बसमा ३५ जना सवार रहेका थिए। बर्खाको समय भएकाले बस चिप्लिएर दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ।

प्रकाशित : साउन २८, २०७७

प्रतिक्रिया दिनुहोस्