हरिप्रसादलाई कोरानासँगै बज्रपातको ओइरो


बाग्लुङ : घर बनाउँदा लागेको ऋण उकास्न मुग्लान पसेका हरिप्रसाद उपाध्याय घरमा जहान बिरामी परेको खबरले हतारिँदै नेपाल फर्किए । भारतको चेन्नइमा सुरक्षा गार्डको काम छोडेर श्रीमतीको उपचार गर्ने योजनाका साथ नेपाल आएका उनलाई लागेको थिएन् आँफै बिरामी परेर झण्डै डेढ महिना अस्पतालको बसाइ हुन्छ ।

चेन्नइबाट बसमा नेपाल–भारत सीमानामा आएका बागलुङ नगरपालिका­ ५ मालिकाका हरिप्रसाद सीमादेखि स्कार्फियो रिजर्भ गरेर बागलुङ आए । रामरेखा आधारभूत क्वारेन्टाइनमा १४ दिन बितेपछि थाहा भयो उनलाई कोरोना सङ्क्रमण भएको रहेछ । श्रीमती बिरामी भएको खबरले हतारिँदै आएका हरिप्रसाद सरासर घर पुग्ने त अवस्था नै थिएन, क्वारेन्टाइनको बसाइ आइसोलेसनमा सर्यो । जेठको ३१ गते बागलुङ आएका उनलाई कोरोना पोजेटिभ देखिएपछि असार १३ गते रामरेखा क्वारेन्टाइनबाट धौलागिरि बहिरा आवासीय माविको आइसोलेसन सारियो । स्वाब सङ्कलन भएर रिपोर्ट आउन समय लागेकाले क्वारेन्टिन बसाइ लामो भएपनि छोटो हुनेमा उनी विश्वस्त थिए ।

समाचारमा पनि एक महिना लामो कसैलाई आइसोलेसन बस्न नपरेको सुनेकै थिए । तर उनको आइसोलेसन बसाइ ३९ दिनको भयो । पाँचौ पटकको जाँचमा पोजेटिभ र छैटौं जाँच गर्दा फल्स रिपोर्ट आएपछि उनको सातौं पटक जाँच भयो । नेगेटिभ रिपोर्ट आएपछि घर फर्केका उनी आइसोलेसनमा रहेर धेरैपटक जाँच गराउने हालसम्मको पहिलो बिरामी पनि हुन् ।

“अठ्ठाइसौं दिन राति एक पटक ज्वारो आयो, स्वास्थ्यकर्मीले दिएको एउटा सिटामोलले निको भयो”, उपाध्यायले भने “नत कुनै संकेत न अरु बिमार, रिपोर्टकै आधारमा लामो समय बसियो ।” बागलुङमै पहिलो पटक कोरोना पुष्टि भएकी १९ वर्षिया युवती २७ दिन आइसोलेसन बसेको तथ्याङ्क छ । ‘यहाँका के आइसोलेसन भन्ने र खै, तै पनि स्वास्थ्यकर्मीको व्यवहार र व्यवस्थापनले ढुक्क बनाउँछ” उनले भने “टिमुर, खाना र पानीले नै लामो समय लगाएर कोरोना जितेँ ।”

कोरोना निको भएर घर फर्किएका उपाध्यायमाथि अर्को बज्र परेको छ । उनी आइसोलेसनमै रहेका बेला साउन ७ गते परेको अविरल वर्षाले चार वर्षअघि बनाएको घर भत्किएको छ । रु १४ लाख खर्चेर उनले त्यो घर बनाएका थिए । त्यहीँ घर बनाउँदा लागेको ऋण तिर्न उनी चेन्नइ पुगेका थिए ।
“श्रीमती बिरामी, घर भत्केको छ, कोरोना जितेर घर आउँदा पनि बस्ने ठाउँ नभएर कान्छा बाको गोठ मागेर बसेँ” उनले भने “सात दिन गोठमा बसेर हिजो बाहिर निस्केँ, अब बल्ल उपचारको कुरा गर्नुपर्ला ।” स्वास्थ्य मापदण्डअनुसार सात दिनको होम आइसोलेसन पूरा गरेर सामाजिक जीवनमा आएका उनी विपत्तीसँग कोही पनि आत्तिन नहुने बताउँछन् ।

“के सोचेर हिँडेको थिएँ के भयो ”, उनले भने ‘मलाई त कोरोना सरुवा हो जस्तो पनि लाग्दैन, होइन भने म कसैसँग सम्पर्कमा नआउँदै कसरी लाग्यो ?” आफूसँगै एउटै स्र्कापियोमा आएका चार जनाको रिपोर्ट नेगेटिभ आउँदा आफ्नो पोजेटिभ आएको उनले बताए ।

हरिप्रसादलाई भत्केको घर कसरी निर्माण गर्ने चिन्ताले सताएको छ । स–साना दुई छोराछोरी र बुढाबुढी काकाको घरमा आश्रय लिएर बसेका छन् । “समयले पनि हामीलाई मात्रै थिच्यो, कयौं ठाउँमा उपचार गराउँदा उनको टाउको दुख्ने बिमार पत्ता लाग्दैन, यता लाखौँ खर्चेको घर भत्किएको छ’ उनले भने । घरबास नै गुमाउँदासमेत कसैले चासो नदिएको उनको गुनासो छ । जिल्ला विपत् व्यवस्थापन समितिले उनको घरलाई छ हजार रुपैयाँ दिएको छ । रेडक्रसको पाँच हजार, सिवाइसीको पाँच हजार र मालिका समाजको २५ हजार रुपैया राहत पाएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण बन्द भएको छ । संघीय सरकार

काठमाडौं– नेपाल–चीन सीमा प्रश्नमा सरकारले हतारो टिप्पणी गरेको नेपाली कांग्रेसले जनाएको छ। स्थलगत अध्ययनको धारणा

काठमाडौं : नेपाल–चीनबीचको सिमानामा राखेको ११ नम्बरको सीमास्तरम्भ ५८ वर्षपछि फेला परेको छ । ५८

वीरगञ्ज : डा. गोविन्द केसीमाथि अभद्र व्यवहार गरेको भन्दै वीरगञ्जका चिकित्सकहरुले विरोध गरेका छन् ।

सप्तरी : कोरोना संक्रमणबाट सप्तरीमा एक जना सरकारी कर्मचारीको मृत्यु भएको छ । जिल्ला प्रशासन

स्याङ्जा : लगातारको वर्षासँगै गएको पहिरोमा परि स्याङ्जामा २ जनाको मृत्यु भएको छ भने ८

चितवन : लगातारको वर्षाको कारण नारायणी नदीमा बाढी आएको छ भने चितवनको जनजीवन प्रभावित भएको

बुटवल : कोरोना संक्रमणबाट बुटवलमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना

काठमाडौं : जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आगामी शनिबारसम्म देशभर

पाल्पा : पाल्पाको रम्भा गाउँपालिकाको फोक्सिङकोट बेलौजामा पहिरो जाँदा तीन घर पुरिएको छ भने ६

काठमाडौं– सरकारले असोज २४ का लागि तोकिएको निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचन मंसिर २७

काठमाडौं– सरकारले काभिड १९ संक्रमणको जोखिमका कारण पूर्ण क्षमतामा यात्रु राखेर सार्वजनिक यातायात सञ्चालन गर्न