बुधबार थप ४८४ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं : नेपालमा थप ४ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २४ हजार ४ सय ३२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमितमध्ये हालसम्म कोरोना निर्को हुनेको संख्या १६ हजार ७ सय २८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ६४ जना डिस्चार्ज भएका छन् ।

मुलुकभर ७ हजार ६ सय १३ सक्रिय सङ्क्रमित छन् । आज नेपालमा १० हजार ४ सय ८१ जनाको पीसीआर विधिबाट नमूना परीक्षण गरिएको छ । योसँगै हालसम्म ४ लाख ७१ हजार १७९ जनाको नमूना परीक्षण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्