फरार अपहरणकारी पक्राउ



पर्साः अपहरण तथा शरीर बन्धक मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।

जिल्ला अदालत पर्साको २०६८ मंसिर १६ गतेको फैसलाले अपहरण तथा शरीर बन्धक मुद्दामा ९ वर्ष कैद र ५० हजार रुपैयाँ सजाय तोकिएका फरार पटेर्वा सुगौलीका बन्हु सहनीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

५० केजी ५ सय ग्राम अवैध लागूऔषध गाँजाको मुद्दामासमेत संलग्न रहेका सहनीलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले वीरगन्ज ईनर्वाबाट पक्राउ गरेको छ । थप अनुसन्धान भैरहेका प्रहरीले जनाएको छ ।

प्रकाशितः साउन २८, २०७७

प्रतिक्रिया दिनुहोस्