भारतीय पूर्वाराष्ट्रपति प्रणव मुखर्जीको अवस्था गम्भीर



एजेन्सी : कोरोना भाइरसको संक्रमणपछि सकिस्त भएका भारतीय पूर्वाराष्ट्रपति प्रणव मुखर्जीको अवस्थामा अझै सुधार आएको छैन ।

दिल्लीस्थित आर्मी रिसर्च एण्ड रिफरल हस्पिटलमा उपचार गराइरहेका मुखर्जीको अवस्था अझै पनि गम्भीर नै रहेकाले भेन्टिलेटरमै राखिएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

मस्तिष्कमा बनेको ब्लड क्लट हटाउनका लागि सोमबार शल्यक्रिया गरिएका ८४ वर्षीया मुखर्जीको सोही बेला गरिएको परीक्षणमा कोरोना भाइरसको संक्रमणसमेत पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्