छिनछिनमा फेरिने शीर्ष नेताकाे बाेलीले कता जाला कांग्रेस ?



काठमाडाैं : विध्वंसात्मक गतिविधि गरेको भन्दै फागुन २८ विप्लव समूहलाई सरकारले प्रतिबन्ध लगायो। त्यसको भोलिपल्ट प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवाले विराटनगर विमानस्थमा पत्रकारहरुसँग कुरा गर्दै सरकारको यस कदमको प्रशंसा गरेका थिए।

फागुन २९ गते उनले भनेका थिए, ‘विप्लवले आतंक फैलाउने काम गरेका छन्, प्रतिबन्ध मात्र होइन कारबाही नै गर्नुपर्छ।’ देउवाको अभिव्यक्तिलाई लिएर सत्तापक्षका सांसदहरुले समेत विप्लवलाई कार्बाही गर्न माग गरे। उनीहरुले प्रतिपक्षले पनि साथ दिएको उनीहरुको बुझाइ थियो। 

तर चैत २ गते पाल्पा पुगेका सभापति देउवाले विराटनगरमा बोलेको एकाएक फेरे। उनले त्यहाँ भनेका थिए, ‘विप्लवलाई कारबाही होइन, वार्ताका लागि ल्याउनुपर्छ।’ उनको भनाइ बदलियो। विराटनगरमा विप्लवलाई कारबाही गर्नुपर्छ भनेर उर्लिएका देउवा पाल्पामा किन नरम भए? यसप्रति उनकै नेता तथा कार्यकर्ता अचम्ममा परेका छन्। 

सभापति र प्रवत्ताको धारणामा नै विमेल देखियो। पार्टीको सबै निर्णय सम्भवत प्रवक्तामार्फत सार्वजनिक गर्ने चलन छ, तर कांग्रेसमा भने सभापति र प्रवक्ताको धारणा ठिक उल्टो आयो। यसले पनि कांग्रेस पार्टीभित्रको लथालिंङ अवस्था छर्लङ्ग पार्छ।

तीन दिनमै सपापतिको धारण फेरिँदा कांग्रेसको आधिकारीक धारणा नै प्रस्ट नभएको भन्दै कांग्रेसभित्रै देउवासँगै पार्टीको आलोचना भयो। बुधबार देउवाले प्रतिबन्धको समर्थन गरेको केही घण्टा नबित्दै पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको विज्ञप्ति नै निकालेर विप्लवमाथिको प्रतिबन्धको विरोध गरेका थिए। त्यसपछि अरु नेताहरुले पनि वार्तामार्फत समाधान खोज्न अपिल गर्दै आएका थिए। 

सभापति र प्रवत्ताको धारणामा नै विमेल देखियो। पार्टीको सबै निर्णय सम्भवत प्रवक्तामार्फत सार्वजनिक गर्ने चलन छ, तर कांग्रेसमा भने सभापति र प्रवक्ताको धारणा ठिक उल्टो आयो। यसले पनि कांग्रेस पार्टीभित्रको लथालिंङ अवस्था छर्लङ्ग पार्छ। 

प्रतिबन्धबारे फरकफरक धारणा आएपछि नेताहरुले पार्टीको आधिकारिक धारणा के हो भनेर नेताहरुलाई सोधेका थिए। केहीले सरकारभन्दा कडा बनेको भन्दै विप्लवमाथिको प्रतिबन्धप्रति समर्थन गरेको भन्दै सभापतिले अभिव्यक्ति सच्याउनुपर्ने बताएका थिए। यसबाट कांग्रेसले पाठ सिक्यो कि भनेर सोच्न नपाउँदै कांग्रेसमा अर्को ‘कन्ट्रोभर्सी’ आयो। 

सभापतिलाई गल्ती ग-यो भनेर कसैले भन्न सकेनन्, बरु मिडियामा टालटुल गरेर गल्ती छुपाउन नेताहरु लागिपरे। यसले सभापतिलाई सच्चिनुपर्ने भावभन्दा पनि जे गरे पनि जे बोलेपनि हुन्छ भन्ने लाग्यो। 

सभापति देउवा वर्तमान कांग्रेसमा विवादित पात्र बन्दै आएका छन्। उनको यो पछिल्लो उदाहरण हो। गत वर्ष बीबीसी मिडिया एक्सनको साझा सवालमा सहभागीलाई हप्काएको विषयले पनि उनलाई आलोचित तुल्यायो। त्यसबेलाको देउवाको बोलीले समग्र कांग्रेसको छवि नै धुमिल्याएको राजनीतिक विश्लेषकहरु बताउने गर्छन्। कतिपयले त त्यसपछि भएको दुवै चुनावमा कांग्रेसको लोकप्रियता खस्कनुमा समेत देउवाको बोलीले नकरात्मक असर परेको सम्म चर्चा गरे।

त्यस्तै अर्का पात्र हुन्, महामन्त्री डा. शशांक कोइराला। ऐतिहासिक विरासत बोकेका उनी पनि बोली फेर्ने नेतामै गनिए। बीपीपुत्र शशांकले चैत ६ गते बुधबार टोखास्थित आफ्नै निवासमा फागु पूर्णिमाको शुभकामना कार्यक्रममा बोलेको धर्म निरपेक्षताको विषयलले चर्चा पायो। धर्मसँगै धार्मिक संघीयता र जनमतसंग्रहबारे उनले दिएका अभिव्यक्ति पनि बेला बेलामा विवादमा आइरहेका छन्। उनले त्यसबेला भनेका थिए, ‘धार्मिक स्वतन्त्रता वा धर्मबारे जनमतसंग्रहको विकल्प छ, यसमा पार्टीले हस्तक्षेप गर्न मिल्दैन।’

उनको त्यो अभिव्यक्ति मिडियाले राम्रैसँग कभर गरे। तर त्यसको भोलिपल्टै चितवन पुगेका कोइरालाले अघिल्लो दिनको बोली फेरे। गणतन्त्र र संघीयता जनआन्दोलनको उपलब्धि भएको भन्दै उनले जनमतसंग्रह हुन नसक्ने बताए। भरतपुर विमानस्थलमा बिहीबार पत्रकारसँग कुराकानी गर्दै महामन्त्री कोइरालाले भने, गणतन्त्र र संघीयता जनआन्दोलनको उपलब्धि बताएका थिए।  उनले भनेका थिए, ‘यसमा जनमतसंग्रह गर्नुपर्छ भन्ने कुरा गरेकै छैन।’ 

सरकारले आफूअनुकूल निर्णय गरी लोकतन्त्रलाई कमजोर बनाउने खेलमा लागेकाले कांग्रेसले गुटउपगुट नभनी सशक्त ढंगले अगाडि बढ्नुपर्ने नेत्री भुसालले तर्क गरिन्। 

यस विषयमा कांग्रेस सचेतक पुष्पा भुषालले कांग्रेसभित्र बैठकको खाँचो औंल्याइन। द नेपाल टपसँगको कुराकानीमा उनले भनिन्, ‘राष्ट्रिय महत्वको विषयमा बोल्दा सबैले विचार पु-याउनुपर्छ।’ सभापतिले बोलेको कुरा भन्दा पनि पार्टीको विषय र पार्टी कता जाँदै छ भन्ने कुरा मिडियाले कभर गर्नुपर्ने उनले बताइन्। 

साथै अहिले आइरहेका शीर्ष नेताको फरक धारणालाई लिएर पार्टीभित्र बैठकको खाँचो रहेको बताइन्। भनिन् ‘राष्ट्रिय अखण्डता र स्वाधीनता खतरामा छ, नेपाली सेनालाई कमजोर पार्न खोजिएको छ, संघीयतालाई कमजोर बनाउन खोजिएको स्थितिमा प्रतिपक्षको भूमिका निर्धारण गर्न नियमित बैठक जरुरी छ। त्यसबाट पनि राष्ट्रिय विषयमा बोल्दा पार्टीको आधिकारिक धारणा तय गर्न सकिन्छ।’

सरकारले आफूअनुकूल निर्णय गरी लोकतन्त्रलाई कमजोर बनाउने खेलमा लागेकाले कांग्रेसले गुटउपगुट नभनी सशक्त ढंगले अगाडि बढ्नुपर्ने नेत्री भुसालले तर्क गरिन्। तर, रानीतिक विश्लेषक पुरञ्जन आचार्यले  भने, ‘देशको विविध राष्ट्रियता अंगीकार गरी अखण्ड र सार्वभौम नेपालको पक्षमा उभिँदा पनि कांग्रेसको लागि निर्वाचन परिणामअनुकू भएन।’

कांग्रेसले आफू उभिएको राष्ट्रियता र देशभक्तिको धरातल जनतालाई बुझाउन पनि नसकेको उनको बुझाइ छ। केही दिनअघि उनले भनेका थिए, ‘अब पार्टी नेतृत्व र संसदीय फाँट परिवर्तन नगरी यो सम्भव छैन।’ उनका अनुसार कांग्रेसले पार्टीको विचार, संगठन र नेतृत्वमा सुधार तथा वाम वर्चश्वको सरकारले लिने नीति, कार्यक्रम र दिशा नियाल्दै तदनुरूप प्रतिपक्षको रचनात्मक भूमिका खेल्ने रणनीति तयगर्नुपर्छ। 

प्रतिक्रिया दिनुहोस्