सिन्धुपाल्चोकको लिदीमा पहिरो : १३ घर पुरिए, ५ घरका सदस्य सम्पर्कविहीन



सिन्धुपाल्चोक : सिन्धुपाल्चोकमा शुक्रबार बिहान पहिरो गएको छ । अविरल वर्षाकाको कारण जुगल गाउँपालिका–२ लिदीमा आज बिहान करिब ६ बजे भिषण पहिरो गएको हो ।

पहिरोले १३ घर पुरिँदा पाँच घर परिवारका सदस्यहरु सम्पर्कविहीन भएका छन् । प्रहरी घटनास्थल पुग्दै गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

जुगल गाउँपालिकाका योजना अधिकृत रामबाबु नेपालले १३ वटा घर पुरिएर देखिँदैको छैन भने पाँच घर परिवारका सदस्यहरु सम्पर्कविहीन भएका छन् । ती पाँच घर परिवारमा कति जना सदस्य थिए भन्ने पत्ता लागेका छैनन् ।

प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले त्यस घटना स्थलमा सेना प्रहरीलाई पठाएको जानकारी दिए । अहिले पानी पर्न रोकिए पनि पहिरो झरिरहेकाले उद्धार टोली खटिन सकेको छैन ।

प्रकाशित : साउन ३०, २०७७

प्रतिक्रिया दिनुहोस्