थाइल्यान्डमा संसद्को निर्वाचन सकियो ८० प्रतिशत मतदान



एजेन्सी : थाइल्यान्डमा आइतबार भएको संसद्को निर्वाचनमा मतदानको समय सकिएको  छ । सन् २०१४ मा थाई सेनाले सत्ता कब्जा गरे यता पहिलो पटक आम निर्वाचन भएको हो । 

निर्वाचन आयोगका महासचिव जारुङभिथ फूम्माले करिब ८० प्रतिशत मत खसेको प्रारम्भिक जानकारी आएको बताए । थाइल्यान्डमा केही वर्षदेखि राजनीतिक अस्थिरता हाबी छ । 

सैनिक पक्षधर र सत्ताच्यूत गरिएका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राका समर्थकबीच मुख्यरुपमा सङ्घर्ष चलिरहेको छ । 

पछिल्लो पटक सन् २०१४ मा सत्ता हत्याएपछि थाइल्यान्डको शक्तिशाली सेनाले कानुन व्यवस्थालाई सही मार्गमा ल्याउने र लोकतन्त्र पुनर्बहाली गर्ने बचनबद्धता प्रकट गरेको थियो, तर पटक पटक आम निर्वाचन स्थगन गर्दै आएको थियो । 

निर्वाचनमा झन्डै १० हजार उम्मेदवार चुनावी मैदानमा छन् ।

प्रतिक्रिया दिनुहोस्