सामाजिक दुरी कायम गरी २ दिवसीय गोविन्द पुजा सम्पन्न



जनकपुरधामः जनकपुरधाममा कानु समाज नेपालको आयोजनामा २ दिवसीय गोविन्द पुजा सम्पन्न भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका-४ स्थित गंगासागर पोखरीको दक्षिण कुणामा निर्मित बाबा गणिनाथ गोविन्द मन्दिरमा पूजा सम्पन्न भएको हो ।

प्रत्येक वर्ष हर्षाेल्लासका साथ मनाउदैं आइरहेको बाबा गाणिनाथ गोविन्दको पुजा यस वर्ष विश्व महामारीको रुपमा फैलिएको कोरोना भइरस (कोभिड-१९)का कारण सामाजिक दुरी कायम गरी पूजा सम्पन्न गरिएको कानु समाज धनुषाका अध्यक्ष राजकुमार साहले बताए ।

२ दिवसीय बाबा गोविन्द पुजनोत्सवको अवसरमा पहिलो दिन ३० गते विहान १० बजे विषेश मंगलपाठ र बेलुका नेउतन पुजा सम्पन्न भएको थियो भने ३१ गते शनिवार विषेश गहवर पुजा गरी गोविन्द पूजा सम्पन्न भएको अध्यक्ष साहले जानकारी दिए ।

५ वर्षदेखि निरन्तर रुपमा मनाउँदै आइरहेको बाबा गाणिनाथ गोविन्द पुजनोत्सव जनकपुरधामसहित काठमाडौं र भारतको दिल्ली, हरियाना, बंगाल, मध्यप्रदेश, झारखण्ड, उत्तराञ्चल, आसाम, छत्तीसगढ र विहारको मधुबनी, दरभंगालगायतका ठाउँहरुमा पनि प्रत्येक वर्ष मनाउने गरिन्छ ।

प्रकाशितः साउन ३१, २०७७

प्रतिक्रिया दिनुहोस्