क्लासिक टेकले विराटनगरमा स्थपाना गरेको डेटा सेन्टर सञ्चालनमा



काठमाडौ : इन्टरनेट सेवाप्रदायक कम्पनी क्लासिक टेक प्रालिले उच्च गतिको इन्टरनेट प्रदान गर्ने योजनाका साथ डेटा सेन्टर विस्तार गरेको छ ।

आफ्ना प्रयोगकर्तालाई उच्च गतिको इन्टरनेट प्रदान गर्न कम्पनीले विराटनगरको महेन्द्रचोकमा स्थापना गरेको नयाँ डेटा सेन्टर सञ्चालनमा ल्याएको छ ।

कम्पनिले पहिलोपटक उपत्यका बाहिर डेटा सेन्टर विस्तार गरेको हो । यसअघि काठमाडौंको वानेश्वरमा मात्र सिमित रहेको डेटा सेन्टर अब बुटवलमा स्थापना गर्नेगरी आवश्यक तयारी भइरहेको कम्पनीले जनाएको छ ।

इन्टरनेट प्रयोगकर्तालाई सहज र उच्च गतिको इन्टरनेट उपलब्ध गराउन कम्पनी डेटा सेन्टर विस्तारमा जुटेको बताइएको छ । कम्पनीका अनुसार विराटनगरमा स्थापना गरिएको डेटा सेन्टरमार्फत पूर्वी क्षेत्रमा रहेका इन्टरनेट प्रयोगकर्ता लाभान्वित हुनेछन् ।

उक्त स्थानमा सञ्चालनमा आएको डेटा सेन्टरमा फेसबुक, यूट्युव, गूगल, इन्स्टाग्राम, ह्वाट्सएप, नेटफ्लिक्स र अकामाईको क्यास सर्भर राखिएको छ ।

उक्त डेटा सेन्टरमार्फत् इन्टरनेट सेवा प्रदान गर्न एक सय जीबीपीए प्रतिसेकेण्डको ब्याकबोन नेटवर्क जडान गरिएको छ । कम्पनीले हाल विराटनगर, विरगञ्ज र भैरहवा नाकाबाट इन्टरनेटका लागि अन्तर्राष्ट्रिय ब्याण्डविथ भित्र्याइरहेको छ ।

प्रकाशित : साउन ३२, २०७७

प्रतिक्रिया दिनुहोस्