सुनको मूल्यमा गिरावट



काठमाडौं : नेपाली बजारमा सोमबार सुनको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार दुई सयले घटेर ९८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । नेपाली बजारमा सोमबार चाँदी प्रतितोलामा १० रुपैयाँले घटेर एक हजार ३ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको परिवर्तनका कारण नेपालमा पनि त्यसको असर परेको महासंघले जनाएको छ ।

प्रकाशित : भदौ १, २०७७

प्रतिक्रिया दिनुहोस्