राखेप बोर्ड सदस्यद्वारा पद तथा गोपनियताको सपथ



काठमाडौंः राष्ट्रिय खेलकुद परिषद (राखेप) बोर्डका नवनियुक्त ६ सदस्यले सोमबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

त्रिपुरेश्वर स्थित राखेपमा आयोजित एक कार्यक्रमबीच युवा तथा खेलकुद मन्त्री तथा परिषदका अध्यक्ष जगत बहादुर विश्वकर्मा सुनुवारले ६ सदस्यलाई शपथ खुवाए ।

शपथ लिनेमा रिम रानाभाट, ईन्दिरा निरौला, गोविन्द भट्टराई, अर्जुन केसी, सम्पन्न श्रेष्ठ र सुवास श्रेष्ठ रहेका छन् । मन्त्रिपरिषदबाट ६ सदस्यलाई साउन १४ गते मनोनयन गरेको थियो ।

उनीहरुले सोमबार मात्र सपथ लिए । कार्यक्रममा युवा तथा खेलकुद मन्त्री विश्वकर्माले नियुक्त सदस्यहरुलाई जिम्मेवारीका कार्यभार पूरा गर्न शुभकामना दिए । उनले पछिल्लो समय खेलकुदले नयाँ फड्को मारेको, नयाँ ऐन लागू भएको र पूर्वाधारमा उल्लेख्य विकास भएको बताए ।

उनले बाँकी बोर्ड सदस्यले चाडै पूर्णता पाउने जानकारी गराए । त्यसका लािग गृहकार्य भईरहेको समेत विश्वकर्माले बताए । नवनियुक्त सदस्यबाट प्रतिनिधित्वि गर्दै सदस्य इन्दिरा निरौलाले खेल र खेलाडीलाई राम्रो बनाउनका दिएको कार्यभारलाई पूरा गर्ने प्रतिबद्धता जनाए ।

नयाँ ऐन राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुसार कुल ३७ जनाको बोर्ड हुनेछ । यसअघि राखेपको उपाध्यक्षमा शिव कोइराला र सदस्यसचिवमा रमेशकुमार सिलवाल नियुक्त भैसकेका छन् ।

प्रकाशितः १ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्