भारतमा कोरोना संक्रमितको संख्या २७ लाख नाघ्यो



एजेन्सी : भारतमा कोरोना भाइरस संक्रमितको संख्या २७ लाख नाघेको छ ।

भारतमा एकैदिन ५४ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा ५४ हजार २८८ जना संक्रमित भएसँगै मंगलबार यो समाचार तयार पार्दासम्म भारतमा कोरोना संक्रमितको संख्या २७ लाख १ हजार ६०४ पुगेको हो ।

संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो ।

संक्रमितमध्ये अहिलेसम्म १९ लाख ७६ हजार २४८ जना संक्रमणमुक्त भएका छन् भने ६ लाख ७३ हजार ४३१ जनाको उपचार भइरहेको छ ।

को संक्रमणले मृत्यु हुनेको संख्या ५१ हजार नाघेको छ ।

प्रतिक्रिया दिनुहोस्