कोरोना संक्रमित बढेपछि खेलकुदका सम्पूर्ण गतिविधि बन्द



काठमाडौं : काठमाडौं उपत्यका लगायत मुलुकका विभिन्न क्षेत्रमा कोरोना भाइरसको जोखिम बढ्दै गएपछि खेलकुदका गतिविधि बन्द गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषद (राखेप)ले कोरोनाको जोखिमलाई मध्यनजगर गर्दै अर्को सूचना जारी नभएसम्म खेलकुद प्रतियोगिता, प्रशिक्षण लगायत सम्पूर्ण खेलकुद गतिविधि तथा काम कारवाहीहरु बन्द गरिएको जनाएको हो ।

राखेपले सोमबार सूचना जारी गर्दै राखेपबाट सम्पादन गरिने अति जरुरी कामबाहेक अरु बन्द गर्ने निर्णय गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्