आइपिएल २०२० को प्रमुख प्रायोजकमा ड्रिम ११



काठमाडौंः इन्डियन प्रिमियर लिग (आइपिएल) सिजन २०२० मा प्रमुख प्रायोजनको अधिकार अनलाइन फेन्टासी स्पोर्ट्स कम्पनी ड्रिम ११ ले पाएको छ ।

आइपिएल गभर्निंग काउन्सिलका अध्यक्ष वृजेश पटेलले २०२० को प्रमुख प्रायोजक ड्रिम ११ ले जितेको बताएका छन् । ड्रिम ११ ले २२२ करोड भारतीय रुपैयाँमा प्रमुख प्रायोजकको अधिकार पाएको हो ।

जसको सम्झौता अगष्ट १८ देखि डिसेम्बर ३१ सम्म रहने छ । गत असारमा सीमा क्षेत्र लद्दाखमा भएको झडपमा चिनियाँ सैनिकको आक्रमणमा परि २० भारतीय सैनिकको मृत्यु भएपछि भारतमा आइपिएलले चिनियाँ प्रायोजन प्रयोग गर्न नहुने भन्दै आवज उठेपछि स्मार्टफोन भिभो मुख्य प्रायोजकबाट हटेको थियो । सन् २०१८ मा बिसिसीआईले भिभोसँग ५ वर्षको लागि सम्झौता गरेको थियो ।

बिसिसीआईलाई प्रायोजन वापत २,१९९ करोड भारतीय रुपैयाँमा दिने सहमत भएको थियो । यस सिजनको आइपिएल संयुक्त अरव इमिरेट्स (यूएई) मा सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म चल्ने छ । एजेन्सी

प्रकाशितः भदौ २, २०७७

प्रतिक्रिया दिनुहोस्