सडकको धुलो बढार्न पाँच वटा ब्रुमर सञ्चालनमा



काठमाडौं : काठमाडौं महानगरपालिकाले सडकको धुलो बढार्न मङ्गलबारदेखि पाँच वटा ब्रुमर सञ्चालनमा ल्याएको छ। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले एक कार्यक्रम आयोजना गरी इटालीबाट खरिद गरिएको ब्रुमरको उद्घाटन गरेका हुन्। कार्यक्रममा बोल्दै उनले काठमाडौंको सडकलाई धूलोमुक्त बनाउन सबैलाई साथ र सहयोग गर्न पनि अपिल गरे। 

डिजेलबाट चल्ने ब्रुमरका अगाडि एक, छेउमा दुई र बीचमा एक गरेर चार वटा ब्रस छन् । प्रति ब्रुमर मूल्य २ करोड १५ लाख १७ हजार ६ सय ३६ रुपैयाँमा रहेको महानगरले जनाएको छ । ती पाँच वटा ब्रुमर तत्कालका लागि रातिको समयमा ८ घण्टा सञ्चालन गरिनेछ ।

ब्रुमर सञ्चालन हुने रुटहरू :

रुट नम्बर १ : टेकुबाट सुरु भइै सोल्टी मोड, टेकु, त्रिपुरेश्वर, सुन्धारा, नयाँ सडक, महांकाल, जमल, लाजिम्पाट, शीतल निवास, शिक्षण अस्पताल, महाराजगन्जबाट पुन: जमल, घण्टाघर भद्रकाली हुँदै सुन्धारासम्म

रुट नम्बर २ : टेकुबाट सिंहदरबार, पुतलीसडक, कमलादी, बालुवाटारलगायतका स्थान 

रुट नम्बर ३ : टेकुबाट कमल पोखरी, ज्ञानेश्वर, मैतीदेवी, पुरानो बानेश्वर, गौशाला, एयरपोर्ट, सिनामंगल, चाबहिलसम्म

रुट नम्बर ४ : गौशाला, बत्तिस पुतली, पुरानो बानेश्वर, मैतीदेवीलगायतका स्थान

रुट नम्बर ५ : टेकुबाट कलंकी, सितापाइला, बालाजु, ठमेललगायतका स्थान

प्रतिक्रिया दिनुहोस्