![](https://i0.wp.com/www.thenepaltop.com/wp-content/uploads/2019/11/death-3.jpg?fit=2317%2C1311&ssl=1)
प्युठान : अरिङ्गालको टोकाइबाट १० वर्षीय बालकको मृत्यु भएको छ । झिमरुक गाउँपालिका वडा नं ६ दहखोलाका अरविन गिरी बिहीबार बिहान घर नजिकैको सिसौको रुखमा बसेको अरिङ्गालले टोकेर घाइते भएका थिए ।
घाइते गिरीको प्युठान अस्पताल विजुवारमा उपचारको गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिए ।