नेपालमा भारत, चीन र अमेरीकाबीचको त्रिपक्षीय द्वन्द्व फैलिने खतरा (भिडियोसहित)



कैलाली : पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले पछिल्लो समय नेपालमा अमेरिकी सक्रियता बढ्दै गएको बताएका छन् । कैलालीको धनगढी पुगेका उनले सञ्चारकर्मीसँग कुरा गर्दै अमेरिका सक्रिय रूपले नेपालको भु–राजनीतिका प्रवेश गरिरहेको बताएका हुन् । 

पछिल्ला घटना क्रमले भारत, चीन र अमेरीकाबीचको त्रिपक्षयी द्वन्द्व नेपालमा फैलिने खतरा बढेको भन्दै उनले यस विषयमा गम्भीर हुन सरकारलाई आग्रह पनि गरे । 

उनले सिके राउतको पृथकतावादी आन्दोलनलाई राजनीतिक अवतरण गराएको सरकारले टीकापुरको राजनीतिक घटनालाई भने अन्याय गरेको धारणा राखे । 

उनले विप्लव समूहलाई दमन गरेर समस्या समाधान नहुने पनि बताएका छन् । विप्लवले हिंसात्मक गतिविधि गरेर राजनीतिक उपलब्धि हासिल गर्न नसक्ने भन्दै संयोजक भट्टराईले विप्लव समूह र सरकारले आफ्नो नीतिमा पुनर्विचार गरी निरन्तरसम्बाद गरेर समस्या समाधान गर्नुपर्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस्