एपीएफका ३४ खेलाडीलाई कोरोना संक्रमण



काठमाडौंः सशस्त्र प्रहरी बल (एपीएफ)का ३४ जना खेलाडीलाई कोरोना संक्रमण भएको छ ।

सीमाबाट फर्केका खेलाडीलाई कीर्तिपुर र दहचोकमा क्वारेन्टिनमा राखिएको छ । जसमध्ये कीर्तिपरमा १८ र दुवाकोटमा १६ जनालाई पोटेभिज देखिएको हो ।

नेपाल सरकारले सीमा सुरक्षाका लागि पठाएका खेलाडीहरु काठमाडौं फर्किएर कोरोना परीक्षण गर्दा ३४ जनामा कोरोना पोजिटिभ देखिएको एपीएफले जनाएको छ ।

यसअघि पनि दुई जना खेलाडीमा कोरोना पोजेटिभ देखिएको थियो । अहिलेसम्म कुल ३६ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

पछिल्लो पटक काठमाडौं उपकत्यकामा कोरोना संक्रमितको संख्या बढिरहेको छ । यस्तै विभिन्न खेलका खेलाडी र प्रशिक्षकमा पनि कोरोना संक्रमण देखिएको छ ।

प्रकाशितः ५ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्