अन्तरिक्षमा राखिएको भूउपग्रह खसाल्न भारत सफल



एजेन्सी : भारत पृथ्वीको भूउपग्रहीय तल्लो कक्षमा राखिएका भूउपग्रहलाई क्षेप्यास्त्र मार्फत सफलतापूर्वक खसाल्ने चौथो देश बनेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन् । 

भारतको उक्त सफलतासँगै अब अन्तरिक्ष विज्ञानका क्षेत्रमा भारत महाशक्ति राष्ट्रको श्रेणीमा उक्लिएको पनि प्रधानमन्त्री मोदीले दाबी गरे । 

संयुक्त राज्य अमेरिका, रुस र चीनसँग मात्र यस्तो क्षमता रहेको अन्तर्राष्ट्रिय संचार माध्यामहरुले जनाएका छन् ।

प्रधानमन्त्री मोदीले यो अभियान शान्तिपूर्ण प्रयोगका लागि भएको र युद्ध भड्काउने उद्देश्यबाट प्रेरित नभएको पनि बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्