कोरोना बीमा गर्नेको संख्या साढे सात लाख पुग्यो



काठमाडौं : मुलुकमा कोरोना बीमा गर्नेको संख्या बढेको छ । पछिल्लो समय देशमा कोरोना संक्रमण र संक्रमितको संख्या बढ्दै जाँदा कोरोना बीमा गर्नेको संख्यापनि बढेको हो ।

कोरोना संक्रमण बढ्न थालेपछि कोरोना बीमा गर्नेको संख्या साढे सात लाख पुगेको छ ।

बीमा समितिका अनुसार कोरोना बीमाबाट ४२ करोड प्रिमियम संकलन भएको छ भने दाबीका लागि आउनेको संख्या २ सय ६० भन्दामाथि लागेको छ ।

सुरुवातमा खासै आकर्षण नदेखिएको कोरोना बीमा पछिल्लो समय लोकप्रिय बनेको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । उनले सर्वसाधारणमा बीमा गर्नुपर्छ भन्ने सन्देश समेत गएको बताए ।

प्रकाशित : भदौ ६, २०७७

प्रतिक्रिया दिनुहोस्