आइसोलेसनमा स्विपरले गर्छन संक्रमितको स्वास्थ्य जाँच



जनकपुरधाम : धनुषाको नगराईन नगरपालिका–५ गंगुलीस्थित मिथला आयुर्वेद मेडिकल कलेजको भवनमा सामाजिक विकास मन्त्रालयले सञ्चालन गरेको आइसोलेसन सेन्टरमा स्विपरले संक्रमितहरुको स्वास्थ्य जाँच गरिरहेको पाइएको छ ।

त्यस आइसोलेसनमा रहेका एकजना सञ्चारकर्मीले आइसोलेसन सेन्टरको व्यवस्थापन पक्षले बिरामीको स्वास्थ्य परिक्षण गर्नका लागि स्विपरलाई भित्र पठाएको बताए । उनले भने,‘चिकित्सकहरु डरले भित्र आउँदैनन् । बिरामीको स्वास्थ्य अवस्था बुझ्नुपरे त्यहाँ कार्यरत स्विपरलाई पीपीई लगाएर भित्र पठाइन्छ ।’ आज बिहान मात्रै संक्रमितहरुको स्वास्थ्य अवस्था सम्बन्धी जानकारी लिन आएका व्यक्ति कुनै स्वास्थ्यकर्मी नभई त्यहाँ कार्यरत एकजना स्विपर रहेको कुरा उसले आफ्नै मुखले स्विकार गरेको ति सञ्चारकर्मीले बताए ।

उनले भने,‘पीपीई लगाएर भित्र आएको व्यक्ति कुनै स्वास्थ्यकर्मी होला भनेर हामीले ठानेका थियौं । भित्र आएका ति व्यक्तिले थर्मल गनले पालैपालो सबैको टेम्प्रेचर जाँच्न थाल्यो अनि हामीले उसलाई सोध्यौं कि हाम्रो शरिरको टेम्प्रेचर कति छ भन्नुस त रु उ त अक्क न बक्क भयो । अनि अन्त्यमा आफै स्विकार गर्यो कि म यहाँको स्विपर छु ।’ चिकित्सकहरु बाहिर बसेका छन् । डरले कोही भित्र आउन मानिरहेका छैनन् । उनीहरुले नै मलाई तपाईंहरुको शरिरको टेम्प्रेचर जाँच्न पठाएको कुरा उसले स्विकार गरेको उनले बताए ।

प्रकाशित : भदौ ६, २०७७

प्रतिक्रिया दिनुहोस्